• निगमले जापान उडानको अनुमति पायो, फागुन १५ सम्म वाइड बडी जहाज जापान उड्ने

    माघ १९, २०७५ 
    काठमाण्डौ 
    नेपाल वायु सेवा निगम  ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण  बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र  पाएको छ । निगमको नयाँ A 330 वाइड बडी जहाजले काठमाण्डौ-ओसाका उडानका लागि क्यानबाट शुक्रबार AOC  पाएको हो । 

    निगमले झण्डै आठ महिनाअघि भिन्न मितिमा दुइटा वाइड बडी जहाज खरिद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ । नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो ।

     नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गर्नुभयो । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ । निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियमक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ ।

     निगमले  फागुन १५ गतेसम्म जापान उडान सुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान सुरु गर्न झण्डै एक महिना लाग्ने जनाएको छ । त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्य सहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् । 

    अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी A–330 जहाज, दुई न्यारो बडी A–320 जहाज र एक बोइङ 757 जहाज छन् । 
    Watch Biraj Bhatta Dublicate Manoj Action :