• सागर आलेले गाए चर्चित गीत 'नैना' (भिडियो)

    काठमाडौँ।
    एपि वान टिभि अायोजित  नेपाल आइडलको First Season ले  लुकेको प्रतिभाहरूलाई स्थान दियो र स्थापित बनाउन समेत महत्वपुर्ण भुमिका खेल्यो । साथै गुमनाम  रहेका तथा अबसर नपाएका नब गायकलाई दर्शकमाझ चिनाउने महत्वपूर्ण योगदान दियो। नेपाल आइडलबाट सर्बाधिक चर्चामा आएको एउटा नाम हो सागर आले मगर । सागर आले नेपाल आइडलको टप ४ बाट बाहिरिएका थिए ।
    भर्सटायल गायक सागर टप ४ बाट बाहिरिए पनि उनको मन्त्रमुग्ध स्वरका कारण दर्शक तथा स्रोताको मनमुटुमा बस्न सफल भए । आईडलबाट बाहिरिए पछि सागरले दर्जनौ भन्दा बढी गीतमा स्वर भरिसकेका साथै देश तथा बिदेशका थुप्रै स्थानहरूमा धमाकेदार प्रु्तुति दिएर सबैको मन जित्न सफल भएका छन । 
    यसैबीच उनले एउटा चर्चित गीतमा आफ्नो स्वर दिएका छन्। सागरले भारतीय गायक अरिजीत सिंहको स्वर रहेको चर्चित गीत 'नैना' गाएका हुन्। उक्त कभर गीतलाई सागरले बिहीबार सार्वजनिक गरेका हुन्। हेर्नुस भिडियो : 

    सागर आले धमाका लाइभ बाजामा :