• प्रेम सञ्जेल फर्किए आफ्नै श्रम कार्यलय, भ्रष्टाचारीलाई कार्यलयमै निषेध (भिडियो सहित)

    २०७५ फाल्गुन  २४
    भ्रष्टाचार बिरोधि अभियन्ता बनेका श्रम कार्यालयका उपसचिव प्रेम सन्जेलले अदालतले गरेको फैसलाले आफूले लडाइ जितेको र न्याय पाएको अनुभुति भएको प्रतिक्रिया दिएका छन ।

     जनता मालिक हो र कर्मचारी तन्त्र र राजनीतिक नेतृत्व नोकर हो भनेर नबुझे जनताले प्रतिकार गर्ने दिन आउने उल्लेख गर्दै, सम्पुर्ण सेवा ग्राहीलाई घुस नदिन र कर्मचारीलाई घुस नखान उनले ठाडो निर्देशन दिएका छन । 

    कार्यलयमा गोप्य सिसि क्यामेरा जडान गरिएको सूचना समेत सबैलाई गराएका छन । उनलाई श्रमकार्यलयबाट गरिएको गैरकानुनी सरुवा विरुद्ध सर्वोच्च अदालतले फैसला गरेपछि पुन श्रम कार्यलयमै सन्जेल हाजिर भएपछि श्रमकार्यलयका बिचौलियाहरू को भागा भाग भएको छ ।
     सन्जेलले बिचौलियालाई श्रमकार्यलय हाता भित्र नछिर्न र छिरेको पाइए सिधै कारबाही गर्ने सूचना टास गरेका थिए भने बिमा कम्पनी र बैकिङ कारोबारका नाममा बाहिर सेवाग्राही सग चर्को मूल्य असुल हुने गरेको थाहा पाए पछि सन्जेलले सम्बन्धित बैक र बिमा कम्पनीलाई ४ दिन भित्र आफ्नो कार्यलय श्रमकार्यलय भित्रै स्थापित गर्न निर्देशन दिएका छन ।
     यसो भए सँगै प्रति व्यक्ति ६ सय रुपैयाँ बढी महसुल बुझाउदै आएका सेवा ग्राहीले अब बाहिर त्यो रकम बिचौलियालाई बुझाउन नपर्ने र सेवाग्राहीलाई ठूलो राहत पुग्ने कुरा समेत उल्लेख गरे । सन्जेल कार्यलयमा पुन हाजिर भएको ३ दिनमै श्रम कार्यलय विराटनगर चाह्यो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ भन्ने कुरा को नमुना बनेको छ।
     भिडियो :


    पोखरामा भेट्टिए अर्का बिराज भट्ट || हेर्नुस कमाल :