धुर्मुस-सुन्तली फाउण्डेशनलाई रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख

महोत्तरी, फागुन १८, २०७५
चितवनमा, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेशनलाई प्रदेश २ बाट पहिलो चरणमा २२ लाख ४० हजार ५ सय रुपैयाँ संकलन भएको छ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिवासमा घोषणा गरिएको खुत्रुके अभियानमा याे रकम संकलन भएको हो ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले संकलन गरिएकाे २२ लाख ४० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानकै क्रममा त्यतैबाट बर्दिवास जानुभएकाे थियाे । सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैयाँ खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गर्नुभएकाे थियाे ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा सञ्चालित होटलहरुमा रंगशाला निर्माणको लागि खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने समेत बताउनुभयाे ।
यो पन हेर्नुस :

हांसी हांसी बोल मायाले Shanti Shree Pariyar