• तामाङ कथानक चलचित्र “ए बिना ” यु ए ई मा प्रदर्शन हुँदै (With Video)

    तामाङ  चलचित्र “ए बिना ” यही अप्रिलकाे ०५ तारिख शुक्रबारका दिन , समय दिनकाे दुई बजे नेपाली नशा दाेहाेरीमा पहिलाे चाेटी प्रदर्शन हुने भएको  छ । तामाङ भाषाकाे याे चलचित्रमा विशेष गरि नेपालमा बढ्दाे बेराेजगारकाे समस्या भाेगेका युवाहरु बाध्यताले बिदेशिनु पर्ने र बिदेशमा रहदा गर्नुपर्ने संघर्षकाे बारेमा यथार्थ चित्रण गर्न खाेजिएकाे छ । 
    लब स्टाेरी , एक्शनका साथै यस चलचित्र मार्फत तामाङ समुदायकाे कला र संस्कृति प्रति मायाप्रेम देखाउनु खाेजिएकाे चलचित्रका निर्देशक बिजय तामाङ ले बताउनु भयाे । यस चलचित्रका निर्देशक बिजय तामाङले बिगतमा पनि ए ला माया से र सेमला नाङ्साल जस्ता उत्कृष्ट तामाङ चलचित्रहरु निर्देशन गरिसक्नु भएकाे छ । ए बिना तामाङ संस्कृतिमा अाधारित नेपाली कथानक चलचित्र संगीत फिल्मकाे ब्यानरबाट निर्माण गरिएको हाे । 

    चलचित्रमा बसन्त लामा र धन बहादुर लामाकाे डेब्यु नायक रहेकाे छ भने नायिकाकाे रुपमा सुस्मा माेक्तान देख्न सकिन्छ । विशाल थिङकाे संगित तथा गायन रहेकाे छ भने छायांकन सन्ताेष पीठाकाेठी र निराेज लामाले गर्नेु भएकाे हाे ।  चल्चित्र मा सम्पादन छबी राना मगरको रहेको छ । 

    नेपालकाे पर्यटकीय क्षेत्र पाेखरा ,धम्पुस , काठमाडौ लगायत यु ए ई काे विभिन्न स्थानमा छायांकन गरेर छाेटाे समय अबधि ४५ दिनमा सम्पूर्ण कार्य सकेर प्रदर्शनकाे तयारीमा रहेकाे निर्माण नियंत्रक सागर महत र घन श्याम पुन मगरले जानकारी दिनुभयाे । साथै बैदेशिक राेजगारकाे शिलशिलामा यु ए ई मा रहनु भएका सम्पूर्णलाई चलचित्र हेरिदिनु हुन पनि अनुराेध गर्नु भयाे । 
    Watch Trailer :