• भरर्खरै बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट, ४ जना घाइते

    २४ फागुन, काठमाडौं । 
    बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शत्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ४ जना घाइते भएका छन् । बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा राखिएको बम विस्फोट भएको हो । विस्फोटपछि आगलागी समेत भएको थियो । 
     गुरुङको कार्यालय पनि त्यही घरमा छ । उनका अनुसार दिनभर गाडी ग्यारेजमै थियो, जहाँ पुग्न मुल गेट पास गरेर जानुपर्छ । तर, त्यहाँसम्म पुगेर कसले कतिबेला बम राख्यो भन्ने खुलेको छैन । गाडीमुनी राखेको बम विस्फोट भएपछि आगजनी भएको थियो, जसले दुई तलामाथिसम्म क्षति पुगेको छ । विस्फोटबाट नजिकैका केही घरमा पनि क्षति भएको छ । 
    घटनामा ममता गौतम र दिवाकर गुरुङ घाइते भएका छन् । ममताको गालामा चोट लागेको छ । थप २ जनाको नाम खुलेको छैन । विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको छ भने आसपासका घरमा समेत क्षति पुगेको छ । 
    नेकपा विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका छ । १० फागुनमा विप्लव समूहले नख्खुस्थित एनसेलको कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
    पोखरामा भेट्टिए अर्का बिराज भट्ट || हेर्नुस कमाल :