• देव पुन’को निर्देशन’मा पुर्णिमा’को जुन गीत’को भिडियो बजारमा

    संगीतकार, गायक, गीतकार, देव पुन’ले आफ्नै शब्द/संगीत/ निर्देशनमा २०७६ सालको शुभकाना सहित (पुर्णिमा’को जुन) बोलको गीतको भिडियो बजारमा ल्याएका हुन् | 


    धेरै गीतहरुमा संगीत दिई स्थानिय गायक गायिका देखि बहु चर्चित गायक गायिकालाई गीत गवाई सकेका संगीतकार देव पुनले अहिले आफ्नै शब्द संगीत’मा रहेको गायक पहिलो बिग आईकन गगन पुन र गायिका लिजा पुन’ले गाएको (पुर्णिमा’को जुन) गीतलाई आफैले निर्देशन गरी नेपाली गीत सांगीतिक बजारमा भिडियो ल्याएका हुन् |
     गीतमा शब्द, संगीत, निर्देशन संगीतकार देव पुन ,संगीत संयोजन गोपाल रसाईली’को रहेको छ भने,छायांकन बासु बराल ,भिडियो सम्पादन सुबाश जी:सी’को रहेको छ|

    भिडियोमा सुरेन्द्र थापा र नम्रता सिम्खडा’को दमदार अभिनय रहेको छ | गीतको भिडियोलाई Enjoy Movies ले पोस्ट प्रोडक्सन गरेको छ| भिडियोलाई Osr Dijital युट्युब च्यानलमा हेर्न सकिन्छ | News Chiranjivi bhandari | मनोरंजन’को लागि Watch Video |

    यो पनि हेर्नुस :