• विदेशबाट फर्किएकालाई अर्गानिक खेतीमा प्रोत्साहन गरिने

    जेठ १५ काठमाण्डौ 
    नेपाल सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने भएको छ । 
     

    चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो । साथै सरकारले युवालाई स्थानीय स्तरमै हुने विकास निर्माणको काममा पनि परिचालन गर्ने योजना बनाएको छ ।