• अनिलको पहलमा स्व.सुयानाको सहयोग रकम सुयानाको बाबालाई हस्तांतरण

    २०७६ जेठ १५ गते
    रुपन्देही, देवदह हाल कोरिया रहनु भयका अभियंता/एडमिन अनिल थापा मगरले आफ्नो fb वाल र मगर संसार ग्रुप /पेजको माध्यमबाट"कल्पना र सुयाना मगर बचाऊ अभियान" नाम राखी चलाएको 1 हप्ते अभियानमा जम्मा रकम रु.३,०२,६००/- संकलन गर्नु भएको थियो।

     जानकारी अनुसार अभियानको समयमा बाचा गरे अनुसार दुइ नानिहरुलाई हाप हाप रकम दिने निर्णय अनुसार स्व.सुयानाको सहयोग रकम भने आज जेठ १५ गते तनहू जिल्ला भिमाद-४,नारिकोट निवासी सुयाना मगरको बाबा सूरज थापामगरलाई "मगर संसार फोटो ग्यालरी"का एडमिन तथा "लोक दोहोरि गायिका" सुनिता थापा मगर ले संकलित सहयोग रकम रु.१ लाख ५१ हजार ३ सय(रु.१,५१,३००/-) हस्तांतरण गर्नु भएको छ। 

    👉ब्रेन टीयूमरबाट ग्रसित सुयाना मगर भने अभियान सकीयको दिन राति जेठ ५ गते आइतबार नै उपचारकै क्रममा ग्रीन सिटी हस्पिटल ktm मा निधन भएको थियो।

     👉अर्की बीमारी कल्पना पुन मगरलाई भने गत बुधबार नै पोखरा आफ्नै घरमा पुगी मगर संसार पेजका एडमिनहरुद्वारा संकलित हाप रकम रु.१,५१,३००/-सहयोग हस्तांतरण गरिसकेको जानकारी गर्नु भएको थियो

    मगर समुदायको भाषा,कलासंकृति,भेषभुषा,रहनसहन ,प्रतिभालाई संरक्षण तथा उजागर गर्ने र सम्पुण मगरहरुलाई एकतावद्ध गर्ने उद्धेश्यले विगत दुई बर्ष अगाडिदेखि सञ्चालन गरिएको उक्त पेजको सहारा लिएर सामाजिक अभियान्ता तथा पेजका संस्थापक थापा मगरको सक्रियतामा देश देखि विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका थिए । दीनदुखि र असायहरुलाई साथसहयोग गर्न रुचाउने अभियान्ता थापामगर हाल दक्षिया कोरियामा छन् ।