• पेट्रोलियम पाइपमा पानी पठाएर गरिएको परीक्षण सफल : अब झण्डै तीन अर्ब जोगिने

    पेट्रोलियम पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो।  नेपाल भारत इन्धन पाइपलाइन बिछ्याउने काम सम्पन्न भएसंगै प्रेसरमा पानी पठाएर टेस्टिङ गरेका छौं,’ यादवले भने, ‘डबल त्रिपल प्रेसरमा पानी पठाउँदा पनि पाइपलाइन सफल भयो।

    पाइप फुट्न सक्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो।  १८२ केजी प्रतिसेन्टिमिटर इस्वायरको प्रेसरमा पाइपको हाइड्रो टेस्ट गरिएको हो  । अब तेल ल्याउन पाइपको अवस्था रेडी छ। पाइप कतै कमजोर भएर फुट्न सक्ने, लिकेज हुन सक्ने भएकाले पानी हालेर परीक्षण गरिएको उनले बताए।


    advertise


     भारतबाट ट्यांकरमा पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सकिने भएको हो। १५ महिनाअघि सुुरु भएको मोतिहारी–रक्सौल–अमलेखगन्ज पाइप बिछ्याउने परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट इन्धन ल्याउने बाटो खुलेको हो।  आइओसीका अधिकारीसँग बैठक गरी पाइपलाइनबाट इन्धन ल्याउने भन्ने मिति तय गरिनेछ।
    advertise
     पाइपलाइनबाट सबै प्रकारका पेट्रोलियम पदार्थ ल्याउन सकिने भए पनि प्रारम्भिक चरणमाडिजेल मात्र ल्याउने योजना रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।  पौडेलले भने, ‘अब आइओसीसँग बैठक बसेर डिजेल ल्याउने मिति तय गर्छौं।’
    पाइपाइन नेपालतर्फ अमलेखगन्जदेखि रक्सौलसम्म ३६.२ KM लामो छ। पाइपलाइन अमलेखगन्ज, पथलैया, सिमरा, जितपुर, रामपुर टोकनी, पर्वानीपुर, गण्डक हुँदै वाइपासबाट नेपाल भन्सार वीरगन्ज हुँदै शंकराचार्य गेटबाट दक्षिण सिर्सिया नदी किनार हुँदै भारतसँग जोडिएको छ।
    पाइपबाट प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। अहिले दैनिक २० घन्टा पाइपबाट इन्धन ल्याउने योजना निगमको छ। दैनिक ४८ लाख लिटर पेट्रोलियम पदार्थ ल्याउने क्षमता पाइपको छ। भारतले नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ ढुवानी रोकेको थियो। पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेपछि अब उसले इन्धन आपूर्ति रोक्न पाउने छैन ।
    निगमले अमलेखगञ्ज डिपोमा दुई करोड लिटर क्षमताको डिजेल भण्डारस्थल बनाएको छ।  पाइपलाइनबाट ल्याएको डिजेल भण्डारण गर्न ट्यांकी पनि निर्माण भइसकेका छन्,’ उनले भने, ‘अब कम्युटर र फ्लोमिटर मात्र  जडान  बाँकी छ।

    advertise

    सन १९९५ मा नेपाल–भारत पेट्रोलियम पाइपलाइन समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको थियो। सन् २०१४ को अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला यो परियोजनामा दुई देशबीच सम्झौता भएको थियो।
    चार अर्ब ४० करोड रुपैयाँ लागतको पाइपलाइन परियोजना आइओसीले निर्माण गरेको हो। त्यसमा भारतको तीन अर्ब २० करोड रुपैयाँ अनुदान र एक अर्ब २० करोड नेपालको लगानी छ। २०७४ चैतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा परियोजना शिलान्यास गरेका थिए।

     भारतबाट अहिले करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्दै आएका छन्। पाइपलाइनबाट  ढुवानी गर्दा करिब तीन अर्ब रुपैयाँ जोगिने छ अहिले रक्सौल हुँदै दैनिक करिब दुई हजार किलोलिटर डिजेल आयात भइरहेको छ। ।


    https://youtu.be/1YysyBc7-Eg