नगरपालिकाको कारबाहीमा परेका प्रधानाध्यापक द्वारा कार्यालयमा तोडफोड

२०७६ असार ११ :
धनुषाको विदेह नगरपालिका कार्यालयमा बुधबार तोडफोड तथा ढुंगामुढा भएको छ । जनता नमुना मावि गिद्धा, बेलापट्टीका प्रअ पवन मण्डलले नगरपालिका कार्यालयमा तोडफोड र ढुंगामुढा गराएको मेयर बेचन दासले बताएका छन ।
प्रअ पवन मण्डलले ३०/४० जना ल्याएर नगरपालिका कार्यालयमा ढुंगामुढा गराएका हुन । उनी नगरपालिकाकाे कारबाहीमा परेका शिक्षक हुन । विद्यालयमा भ्रष्टाचार गरेको भन्दै नगरपालिकाले गएकाे वैशाख ५ गते प्रअ पवन मण्डललाई कारबाही गरी सरुवा गरेपछि विवाद चुलिएको थियो ।
ढुंगामुढाबाट नगरपालिकाले भाडामा प्रयोग गरेको गाडी, कार्यालयको झ्यालको सीसा र भित्र पार्किंग गरिएको केही मोटसाइकलमा समेत क्षति पुगेको मेयर दासले बताए । मेयर दासले भन्नुभयो, शिक्षकको काम राजनीति गर्नु होइन पढाउनु हो, प्रअ मण्डलले अस्ति बालबालिका प्रयोग गरेर कार्यालयमा तालाबन्दी समेट गराएका जानकारी दिए ।

गलबन्दी गायिका शान्ती श्री को बबाल गीत हेर्नुस् :