• दशैंसम्म आलोचना समाप्त हुने गरी नतिजा देखाउछौ : प्रधानमन्त्री ओली

    काठमाडौं   असार १४
    सत्तारुद दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारले राम्रो काम गरेपछि कानून निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न नपाएको बताएका छन । नयाँ आर्थिक वर्षसँगै नेपाल नयाँ गतिमा  समृद्दी तर्फ अगाडि बढ्ने र दशैंसम्म आलोचना समाप्त हुने  र आलोचक हरुको मुखमा बुजो लाग्ने बताएका छन  ।
    शनिबार  मदन भण्डारी जन्मजयन्तीको अवसरमा  आयोजित कार्यक्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको दाबी गरे । उनले अघि भने,  म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिड्थे, अहिले मास्क नै लगाउनु पर्दैन । एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस् फरक पाउनुहुनेछ ।