• अहिलेको सरकार संघियता विरोधी , निर्वाचन भए कांग्रेस नै पहिलो बन्छ : डा.शंशाक

    २०७६ असार ७ 
    बार्सिलोना 
    नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ । जसमा  प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले अहिलेको सरकार संघियता विरोधी भएको आरोप लगाएका छन ।
    नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले  भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० - ३५ % म्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु ।
    अहिलेको सरकारले  5  वर्षमा कुनै चमत्कार गर्न नसक्ने भन्दै उनले तुरुन्तै निर्वाचन भए कांग्रेस नै पहिलो पार्टी बन्ने ठोकुवा गरे । कांग्रेसलाई हराउने गरेको भन्दै उनले अब गुट बिना मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।