पोखरामा नेपालकै पहिलो सिसाको पुल !


पोखरा   असार १४ 
गण्डकी प्रदेशको सुन्दर नगरी पोखरा महानगर पालिकामा नेपालकै पहिलो  सिसाको पुल बन्ने भएको छ ।
सांकेतिक तस्विर


विश्वका थुप्रै देशमा देशहरुमा सबै प्रकारका सवारी चल्ने सिसाको पुल निर्माण भइरहेको सन्दर्भमा अब पोखरा महानगरपालिकाले पर्यटकीय आकर्षण गर्ने उदेश्य राखेर सिसाको पुल बनाउने भएको हो । 

सिसाको पुल निर्माणको काम अर्को वर्षबाट शुरु गर्ने महानगरको योजना तय भएको छ  ।

पोखरा महानगरको नगर सभाबाट पोखराको  महत्वपुर्ण पर्यटकीय गन्तब्य डेभिजफल "पातले छागो"  क्षेत्रमा सिसाको पुलबाट पर्यटक तान्न महानगरले यस्तो योजना अगाडी सारेको महानगर प्रमुख (मेयर  ) मानबहादुर जिसीले जानकारी दिए ।

पोखरा  स्वदेशी तथा बिदेशी पर्यटकहरुको मुख्य आकर्षको केन्द्र हो । सिसाको पुल निर्माण सम्पन्न भएपछी पर्यटनमा झनै टेवा पुग्ने महानगरले बिस्वास लिएको छ