• डुबायो भारतले बाँके नरैनापुरका अधिकांश गाउँ डुबानमा

    असार ८, २०७६
     मनसुन सुरुवात संगै गत शनिबार राति देखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिका भारतीय सीमावर्तीका  नेपालका  गाउँहरु  डुबानमा परी जलमग्न भएका छन । 

     भारतले दक्षिणतर्फ सीमामा बाँध जस्तो सडक बनाएका कारण पानीको  निकास नहुँदा सीमावर्ती अधिकांश नेपाली गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

      डुबानमा परेका बस्तीहरुमा बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर  छन।    डुबानमा एक सयभन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको गाउँपालिकाअध्यक्ष शाहले जानकारी दिनुभयो । 

     पुल कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको  अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय  प्रहरी निरीक्षक विरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो । 

     नरैनापुर  १  कट्कुइँयामा रहेकाे वडा कार्यालयमा पनि पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । 

    Watch MOvie Video : 
    https://youtu.be/c6jU9iQ6bfk