• तनहुँमा संसारकै अग्लो गाईको मूर्ति बनाइँदै, खुरमै एक करोड !

    काठमाडौं १२ असार, 
    ग०डकी प्रदेश तनहुँको व्यास नगरपालिकाले १०८ फिट संसारकै अग्लो गाईको मूर्ति   बनाउने योजना सार्वजनिक गरेको थियो  जसको लागी झन्डै ६८ करोड बजेट छ।  
    गएको  आर्थिक वर्ष २०७५/०७६ कै नगरसभाबाट गाईको मूर्ति बनाउन नगरपालिकाले ९९ लाख बजेट छुट्याएको थियो।  एक करोड बजेटले गाईको सिंगो मूर्ति नबन्ने एक करोडले गाईको खुरमात्र बन्ने  सिंगो गाईको मूर्ति बनाइसक्न करिब तीन करोड लागत लाग्ने  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए ।
    गाईको मूर्ति अहिलेसम्मको योजना ४१ फिट अग्लो बनाउने हो।  हालको योजनाअनुसार सरसर्ती हेर्दा पनि ४१ फिटे गाईको मूर्ति संसारकै अग्लो मध्येमा हुनेछ । कालोपत्रे नहुँदा वर्षौ‌ंसम्म त्यहाँका जनताले सास्ती भोगिरहेका छन्। मूर्ति बन्ने भएपछि कच्ची रहेको बाँसबारी उत्तरको डेढ KM सडक  पनि कालोपत्रे हुने भएको छ।  
     प्रशासकीय अधिकृत दाहाल का अनुसार ‘कुल लागतको १०%  रकम उपभोक्ता समितिले जुटाउनुपर्छ  ठूलो  बजेट खर्चेर ठूलो संरचना बनाउन लाग्दा विरोध भने कसैले  गरेका छैनन ।