• फलेको हाँगो झुक्छ दुई तिहाईकाे दम्भ नदेखाउनुहाेस् : डा. भट्टराई

    काठमाण्डौ –पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष  डाक्टर बाबुराम भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिनुभएको छ । 
    प्रतिनिधिसभाको आज बसेको  बैठकमा भट्टराईले सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो हुने तर्फ सचेत बन्न आग्रह गर्दै भन्नुभयो, 'फलेको हाँगो झुक्छ । तपाईंहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ । 

    त्यसकारण तपाईंहरुले दम्भको प्रर्दशन गर्ने होइन । मतादेश दिगो नहुन पनि सक्छ । छिमेकी पश्चिम बंगालमा ३४ वर्षसम्म वामपन्थीको सरकार चलेको र अहिले बंगालमा एक सिट पनि नजितेको उदाहरणलाई बिर्सन हुँदैन ।' 

    advertise
    'त्यस्तै ७० बर्षसम्म सोभियत संघमा कम्युनिष्ट शासन चलेको तर अहिले कम्युनिष्ट पार्टीको नाम निसान पनि खोज्न गाह्रो भैरहेको छ । विनम्रतापूर्वक आग्रह छ, दम्भ त्यागौँ र झुकौँ । र अरुको कुरा सुनौ । 'नलेज स्पिक्स, विज्डम लिसन्स' । ज्ञान बोल्छ, बुद्धि सुन्छ,' डा. भट्टराई भन्नुभयो । 


    यो फिल्म हेर्न नभुल्नुहोला 

    सामाजिक सुरक्षाको क्षेत्रमा बजेट र योजना पर्याप्त नभएकाले एकीकृत सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने उहाँकाे भनाइ थियाे । त्यस्तै उहाँले सांसदको हुर्मत लिने र मान मर्दन गर्ने गरी ल्यापटप बाँड्ने काम नगर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
    नेपालमा रहेको विदेशी राजदूतले शान्ति प्रक्रियाका बारेमा धम्किपूर्ण भाषा बोलेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले सबैको साझा विषय भएकाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि जोड दिनुभयो ।
    गोर्खाको बेनीघाट-आरुघाट-लार्के जोड्ने १ सय १० किलोमिटर बाटो निर्माणका लागि छुट्याइएको बजेट अपुग भएको बताउनुभयो ।

    यो फिल्म हेर्न नभुल्नुहोला 

    https://youtu.be/1YysyBc7-Eg