• प्रधानमन्त्रीको फोन बाटै ठाडो आदेश रेशम चौधरीलाई लगाएको साङ्लो तुरुन्त हताउ

     असार ७ काठमाडौं
    सांसद रेशम चौधरीलाई उपचारका क्रममा बीर अस्पतालको शैयामा पनि साङ्लोले बाँधिएको घटनामा  प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।
    मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले  टेलिफोन गरी चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई कारबाही गर्न निर्देशन दिएका छन ।उनले साङ्लो हटाउन पनि निर्देशन दिएका छन । चौधरीलाई नेल लगाएर उपचार गरेको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो।
    डिल्लीबजार जेलमा रहेका सांसद चौधरीलाई शुक्रबार उपचारको क्रममा पनि नेल लगाइएको फोटो सार्वजनिक भएको थियो।  सुरक्षाको कारण देखाउँदै प्रहरीले नेल लगाएको हो।  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चौधरीलाई भेटन शुक्रबार अस्पताल पुगेका थिए भने बिहीबार  स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र चौधरी अस्पताल पुगेका थिए।

    https://youtu.be/1YysyBc7-Eg