• बालगृहबाट उद्धार २४ बालबालिकालाई अभिभावकको जिम्मा

     आइतबार २०७६ असार ८ 
    राजधानी काठमाण्डौको सुकेधारामा अबस्थित ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका 24 जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।  
    प्रजिअ, सम्बन्धित वडाध्यक्ष , सुरक्षा निकायको रोहबरमा उद्धार गरिएका   हुम्लाका २४ जना बालबालिकालाई  अभिभावकलाईजिम्मा लगाइएको  हो ।

    12 कक्षा सम्म निःशुल्क पढाइदिने भन्दै हुम्लाका विभिन्न ठाउबाट ल्याएर ऐश्वर्य बालगृहमा अलपत्र पारिएका बालबालिकाको उद्धार गरिएको हिमाली नवीन समाज नामक संस्था हुम्लाका कार्यकारी निर्देशक धनबहादुर लामाले बताउनुभयो   । +2  सम्म निःशुल्क पढाइदिने भन्दै  बालबालिकालाई काठमाण्डौ लगेको सिमकोट–१ कुम्ली गाउँका रामभक्त उपाध्यले बताउनुभयो  ।

    बालगृहले  मापदण्ड नै पूरा नगरी बालगृह सञ्चालन गरिरहेको खुलेको थियो  । कतिपय बालबालिकालाई विद्यालयसमेत नपठाएको पाइएको थियो । उनीहरुको स्वास्थ्य अवस्थामा समेत वास्ता नगरेको पाइएपछि बालबालिकाला  उद्धार गरिएको थियो । 
     केन्द्रीय बाल कल्याण समिति, बालबालिका खोजतलास केन्द्र, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र हिमाली नवीन समाज हुम्लाको पहलमा बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । 

    प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बालबालिका ओसार–पसारमा संलग्न सबैमाथि अनुसन्धान गरी कारवाही गरिने बताउनुभयो ।

    Watch Free Movie
    https://youtu.be/c6jU9iQ6bfk