• सुनको मूल्य झण्डै ६६ हजार ! आखिर किन बढ्यो सुनको भाउ ? जान्नुस

     असार १०  
    मंगलबार नेपालका लागी छापावाल सुनको मूल्य प्रति तोला ६५ हजार ५ सय नेपाल सुन चाँदी व्यवसायी महासंघले तोकेको छ ।
      यो संगै सुनको मूल्यमा  रेकर्ड कायम भएको हो । मुल्य आकासियपछी सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको भिड लागेको छ ।  बुधबार ६३ हजार भएको सुन बिहीबार  एक हजार रुपैयाँले बढेर ६४ हजार पुगेको थियो । शुक्रबार फेरी   हजार रुपैयाँले बढेर ६५ हजार पुग्यो ।
     ६५ हजारमा शुक्रबार-  सोमबार स्थिर रहेको मूल्य मंगलबार  ५ सय रुपैयाँले बढेको हो । आज तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीले बताएका छन । 
    किन बढ्यो   सुनको भाउ ? 
    हाम्रो देशमा मात्र नभै कन अहिलो विश्व बजारमा सुनको भाउ इतिहासकै सबैभन्दा महँगो भएको छ । 
    अन्तर्रािष्ट्रय सञ्चार माध्यमहरुका अनुसार  अमेरिका–इरान तनाव र अमेरिका–चीन व्यापार युद्ध , अमेरिकी फेडरल बैंकले ब्याजदर परिवर्तन गर्न लिएको नीतिलाई सुनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ ।
    BBC का अनुसार अमेरिकी राष्ट्रपतिले इरानको सर्वोच्च नेतालाई लक्षित गर्दै  नयाँ प्रतिबन्धहरु लगाउने घोषणा गरेका छन् । इरानका विदेशमन्त्री जाभेद जाफिरले प्रतिबन्धलाई ‘अमेरिकी घृणित कुटनीति’ को संज्ञा दिएका छन  ।  सुन चाँदी व्यवसायी महासंघ का अनुसार यी दुई देश बिचको  तनाव बढ्दै गए सुनको मूल्य झनै बढ्न सक्ने  छ ।