• गलबन्दी विवाद सहमतिमा टुंगियो : यस्तो भयो शम्भु राई प्रकाश सपुतविच सहमती

     ११ असार काठमाडौ
    ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।

     तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ ।  सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । 

    सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ । सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् 

      ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने अािर्थक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।


    सहमतिपछि शम्भु राईले  दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।  दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।
     सहमती पत्र यस्तो छ : 

    गलबन्दी गायिका शान्ती  श्री को बबाल  गीत हेर्नुस् :

    शान्ती श्रीले गाए पछि तात्यो माहोल ...