फुलन्देको आमाले पाउने भए सम्मान सहित पुरस्कार

काठमाडौं असार ९
१४औं स्थापना दिवसको अवसरमा किरात राई सांस्कृतिक कलाकार संघले हाँस्य कलाकार फुलन्देको आमा (उमेश राई) लाई किरात राई प्रतिभा पुरस्कार २०७६ बाट सम्मान गर्ने भएको छ ।
असार १४ गते ललितपुरको जिल्ला समन्वय समितिको हलमा फुलन्देको आमा लाई सम्मान गर्ने तय भएको हो । पुरस्कारको अक्षयकोषदाता कृषिविज्ञ मदन राई हुन ।
भोजपुरमा जन्मिएका २६ वर्षीय उमेश दुई वर्ष साउदीमा काम गरेर २०७२ सालमा उमेश नेपाल फर्किएपछी " मुन्द्रेको कमेडी क्लब' नामक कार्यक्रममा 'फुलन्देको आमा' को भुमिका निभाएका थिए जसलाई सबैले रुचाएपछी उनी चर्चित कलाकार बन्न पुगे।
कला क्षेत्रमा नयाँ अनुहार भए पनि उनी भन्छन महिला पात्रको भूमिका गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने मेरो दृष्टिकोण परिवर्तन भएको छ ।
