सिरिन्ज आक्रमण : यी हुन् महिलाहरु माथि काँटी घोप्ने आक्रमणकारी

काठमाडौं असार १३ । केही समय अगाडी देखी महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै जना त्रासित बने ।
प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई पक्राउ गरेको छ र उनले ढल्कु, पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन ।रोग सार्ने नियतले आक्रमण हुनसक्ने भन्दै पीडितलाई HIV विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ ।
उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले माइलो’का लागि घोचेको बयान दिएका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार सन्तोष कार्की राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । सन्तोष कार्की महाराजगञ्जमा होटल व्यवसाय गर्छन । अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापा ले यसबारे थप अनुसन्धान गर्ने बताए ।
सन्तोष कार्की घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
