• गायक प्रकाश सपूतलाई अपमान गर्नेलाई साइबर क्राइम ? साँस्कृतिक समितिकाे कडा बिज्ञप्ती

    असार ९, २०७६
    सांसद मीनबहादुर विश्वकर्माले प्रकाश सपूतलाई अपमान गर्नेलाई साइबर कानुन बमोजिम कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । 
      सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा  प्रकाश सपूतले गाएको ‘गलबन्दी’ बोलको गीत अर्कै कलाकारले गाएको भनी जातीय भेदभावका दृष्टिले अपमान गर्न खोजेकाले भेदभाव गर्न खोज्नेलाई साइबर कानुनबमोजिम कानुनी कारबाही हुनुपर्ने  सांसद मीनबहादुर विश्वकर्माले  माग गरेका छन्  । 
    https://youtu.be/o2x92YibbR4

     साथै धाैलागिरी साँस्कृतिक समिति काठमाण्डाै नेपाललले  घाेर भत्सर्ना  गर्दै  बिज्ञप्ती निकालेको छ  । बिज्ञप्तीमा भनिएकाे छ,’ सामजिक सद्भाव खलबलाउने खालका अभिव्याक्ति प्रति हाम्राे संस्था स्तब्ध छ ,उक्त कार्यकाे घाेर भत्सर्ना गर्दे गालि गलाैज गर्ने व्याक्ति माथि कडा भन्दा कडा कार्वाहीकाे लागि  सम्बन्धित निकाय समक्ष  माग गर्दछाैँ । 

     साथै बिज्ञप्तिमा गायक सपुतलाई  बिचलित नभई निर्धक्क साथ गित संगितमा अडिग रहन समेत अनुुराेध  गरीएकाे छ ।
    हेनुस् बिज्ञप्ती यस्तो छ

    TV बन्द गर्ने व्यवसायीविरुद्ध CIB मा उजुरी
    क्लिन फिड लागू भए व्यवसाय बन्द गर्छौ : केबल  ब्याबसायी
    क्लीन फिड के हो ? सबैले जान्ने पर्ने कुरा यस्तो छ