• जनविद्रोहका लागि तयार हुनुस् : मोहन वैद्य

     ७  असार
     शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपछि उनले क्रान्ति र शान्ति प्रकृया पुरा नभएको भन्दै जनविद्रोहको विकल्प नभएको बताए।

    नेपाल कम्युनिष्ट पार्टी "क्रान्तिकारी माओवादी" का महासचिव मोहन वैद्य ‘किरण’ले जनताले  जनविद्रोह आवश्यक महसुस गरेको भन्दै अर्को विद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन।

    उनले स्थायी सरकार भनेपनि सरकारस्थिर हुन नसक्ने भन्दै दुई तिहाई मत ल्याएपनि जनतालाई धोका दिदै आएको आरोप लगाए।
     उनले भने, ‘शान्ति प्रक्रिया पुरा भयो भन्दै आयो, कहाँ पुरा भयो भन्नुहोस् त?’ शहिद, जनमुक्ती सेनाको योद्धा, घाईते, अपाङ्गको अवस्थाप्रति सरकारले खासै चासो नदिएको भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता आयोग गठनमै सिमित रहेकाले शान्ति प्रकृया पुरा भएको नमान्ने बताए।
    क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा ७७ जिल्लाका करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको लिगले जनाएको छ।