• मगर चलचित्र ‘पाहुर पोखरामा भब्य प्रदर्शन

    असार  १५  पोखरा
     मगर कथानक चलचित्र ‘पाहुर’को 
    पोखरामा विशेष प्रदर्शन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ, कास्कीको आयोजना र मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको व्यवस्थापनमा सो चलचित्रको विशेष प्रदर्शन भएको  हो ।
     चलचित्र ‘पाहुर’   श्याम थापामगर र रिमा थापामगर ले निर्माण गरेका हुन  ।  सुमन थापामगरको लेखन, सम्पादन र निर्देशन रहेको सो चलचित्रमा मिनुज रानामगर, सुमन बुढामगर, गिरीप्रसाद पुनमगर, श्याम रानामगर, निश्चल चर्तीमगर, सरिता थापामगर लगायतको प्रमुख अभिनय रहेको छ।

    गणेश पूर्वछाने  मगरको छायाकन रहेको चलचित्रमा गीत तथा संगीत मानबहादुर बराल मगरले भरेका छन । चलचित्रमा भूपेन रिखाम मगर र सुवास बलालमगरको कोरियोग्राफी रहेको छ ।


    7 वटा मगर चलचित्र एकै ठाउमा हेर्नुस  : यो लिङकमा क्लिक गर्नुहोला
    https://www.youtube.com/playlist?list=PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw