• म्याग्दी रुकुम जोड्ने सडक आयोजना सञ्चालनको माग ( भिडियोसहित)

     ६  असार , २०७६ KTM, 
    म्याग्दी जिल्लाबाट निर्वाचित सांसद भुपेन्द्रबहादुर थापाले म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना  माग गरेका छन ।  संसदको बजेट अधिवेशनको छलफलमा सांसद थापाले बेनी देखि दरवाङ ताकम जलजला ढोरपाटन हुदै रुकुम पश्चिम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न भौतिक योजना तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका हुन  ।



    मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक छोटो हुने, दुई वटा प्रदेशलाई जोड्ने र आवत जावत सहज हुने सांसद थापाको भनाई थियो । सांसद थापाले एक निर्वाचन क्षेत्र रणनीतिक सडकमा बेनी–दरवाङ सडक आयोजना मात्र समावेश भएकाले त्यसमा रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा, पर्वत बेनी–मल्लाज–नागी, गलेश्वर–राखु–चिमखोला बेनी–पाखापानी,  सडकलाई पनि समेट्न माग गरेका छन ।
    TECHNEPAL
    गत वर्ष तीन करोड बिनियोजन भएको बेनी बजार संरक्षण आयोजनाका लागि यस वर्ष दुई करोड ७५ लाख रुपैयाँ मात्र बिनियोजन हुँदा डिपिआर अनुसार काम हुन नसकेको र बजार कटानको जोखिममा परेकाले थप बजेट छुट्टाउन माग गरेका थिए ।
    म्याग्दीको दरवाङ देखि बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक अन्तरगत पर्ने म्याग्दीको मालिका गाउँपालिकाको अदीभारा स्थ्ति रितुङखोलामा मोटरेबल पुलको माग गरिएको थियो ।
    TECHNEPAL
    ५० मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत आयोजनाको गलेश्वर ठूलोढुङ्गामा प्रस्तावित बाँधका कारण बेनीमा कालीगण्डकीको पानी सुक्ने खतरा भएकाले बाँधलाई रघुगंगा र कालीगण्डकीको दोभान भन्दा माथि बनाउन माग गरेका थिए ।
    म्याग्दी, कालीगण्डकी,  र रघुगंगा नदी किनारहरुमा हिमताल फुटेर क्षति गर्न सक्ने जोखिम भएकाले नदी बेसीन कार्यक्रम सञ्चालन गर्ने र पर्याप्त बजेट बिनियोजन गर्न माग गरेका थिए । Watch Video


    advertise