• फिल्म बनाउन गाउँपालिकागाउँपालिकाले १० लाख छुट्याएपछि स्थानीयको माग : फिल्म होइन, विकास चाहियो

     आइतबार २०७६ असार ८ 
     एकसन स्टार  विराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ लाई जोरायल गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयहरु ब्यापक आक्रोशित बनेका छन । 

    बजेटले गाउँको विकास गर्नुको सट्टा चलचित्रका लागि रकम छु६्याईएको  भन्दै स्थानीयहरु गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको आलोचना भएको हो ।
    गाउँमा सडकविद्युतलगायतका पूर्वाधारको विकास गर्नको साटो फिलिम बनाउनमा पैसा किन हाल्ने, जनतालाई फिल्म होइन, विकास चाहिन्छ, स्थानीय श्यामबहादुर मल्लले भने  

    चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै आलोचना गर्नेहरुमा नेकपाका कार्यकर्ता र नेपाली कांग्रेससम्बद्ध सबै रहेका छन् ।
     तर आलोचनाका विषयमा जोरायल गाउँपालिकाले हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । 
    गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले फिल्मका लागि मैले एक्लै बजेट विनियोजन गरेको होइन, गाउँ सभाबाट बजेट विनियोजन गरिएको हो, मलाई मात्रै दोष किन ? गएको जेठ २७ गते सम्पन्न पाँचौं गाउँ सभाबाट ‘साङ्लो’ चलचित्रका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको हो ।  उहाँले भन्नुभयो, ‘सबै दलबाट निर्वाचित जनप्रतिनिधिले रकम विनियोजन गर्नका लागि हस्ताक्षर गरेका छन् , अहिले दोष हामीलाई मात्रै लगाए  । विराज भट्टले निर्माण गर्न लाग्नुभएको ‘साङ्लो’ फिल्मले जोरायलका विभिन्न पर्यटकीय क्षेत्रलाई समेटेको छ, अहिले पनि छायाङ्कन जारी छ, फिल्ममा जोरायल क्षेत्र समेटिएर विश्व सामु चिनिनु देशकै लागी गर्वको विषय हो ।  फिल्मका लागि नभई कलाकारहरुको यातायात र खाना खर्चमा १० लाख रुपैयाँ हामीले विनियोजन गरेका हौँ ।

    गाउँपालिकाका अध्यक्ष ओझा देखि स्थानीयहरुले पनि चलचित्रमा खेलेका छन । कतिले जोरायलमा ‘साङ्लो’ चलचित्र छायाङ्कन हुनुलाई अवसरका रुपमा लिएका छन् भने कतिपयले बजेटको दुरुपयोग भन्दै आपत्ती जनाएका छन । 
    साङ्लो’ चलचिका नायक विराज भट्टले जोरायलसहित समग्र सुदूर पश्चिमको कला, संस्कृतिलाई देशैभरि चिनाउनका लागि मैले निर्माण गर्न लागेको चलचित्रमा गाउँपालिकाको रकम विवाद बारे ब्यक्ति गत रुपमा बोल्न नमिल्ने बताए । 
    सरकारले पर्यटन बर्ष मनाउने तयारी गरी रहदा नेपालमा लुकेर रहेका चार्चामा आउन नसकेका पर्यटकीय गन्तब्यमा टेवा पुग्ने जन प्रतिनिधीहरुको बिश्वास रहेको छ । 
    Watch MOvie 
    https://youtu.be/c6jU9iQ6bfk