छोरीलाई पाल्पा रामपुर नगरपालिकाले स्नातकोत्तर सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने


 ०७६  असार १२,पाल्पा
पाल्पा जिल्लाको रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ ।
नगरपालिकाको आगामी वर्षको नीति , कार्यक्रममार्फत आर्थिक वर्ष २०७६-७७ देखि जन्मिने  हरेक  छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क पढाउने घोषण गरेको हो ।
एकल महिलाहरुको क्षमता अभिवृद्धि गर्न विपन्नलाई आय, पीडितलाई न्याय कार्यक्रम अघि बढाइने बताउँदै उहाँले भन्नुभयो, 'नगरलाई स्मार्ट सिटीका रुपमा अघि बढाउन संरचनाहरु बालमैत्री, अपाङ्ग एवं ज्येष्ठ नागरिक मैत्री बनाइनेछ ।
 स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा थप 500 रुपैयाँ  प्रदान गर्ने  नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
SEE रिजल्ट आयो हेर्नुस यहा मार्कसित सहित