• विदेशमा उपचार गर्न जानेलाई रकम नदिने सरकारको घोषणा

    असार १० काठमाडौ
     उपप्रधान, स्वास्थ्य मन्त्री तथा  समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने कसैलाई पनि नेपाल सरकारले रकम नदिने बताउनु भएको छ । 

     प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा स्वास्थ्य मन्त्रालयको  विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री यादवले कसैलाई पनि एक पैसा नदिने जनाएका हुन । 

    उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् । मन्त्री यादवले आफ्नै खर्चमा विदेश जानेलाई भने रोक्न नसकिने बताए । 

    मन्त्री यादवले नेपालमा उपचार सम्भव हुदा हुदै उपचारका लागि पनि विदेश जाने क्रम बढेको बताए ।  मन्त्री यादवले   विदेशमा उपचार गराउन जाने जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ। त्यसबारे कानुन पनि  नै बनिसकेको बताए  । 

    अब शक्तिशाली ले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउने छैनन ।  म  यो कुरा   ठुलै मान्छेदेखि सर्वसाधारण सबैमा  लागू हुने  यादबले बताउनु भयो ।   यो व्यवस्था लागू गराउन सरकार कटिवद्ध रहेको र धुक्क हुन सबैलाई अाग्रह गर्नु भयो  ।

    मिर्गौला प्रत्यारोपण, मुटु-नसाको शल्यक्रिया लगायतका रोगको पनि नेपालमै उपचार सम्भव  छ भन्दै मन्त्री यादवले भने, ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै गर्नुस म पनि यही उपचार गराउँछु ।
    Watch Movie :