• दुई तिहाइको सरकार ढाल्ने काङ्ग्रेस सभापति देउवाको चेतावनी

    काठमाडौं  असार १३
    काठमाडौँमा शुक्रबार स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भुपु प्रम तथा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले  जनताले वर्तमान सरकार असफल भएको महसुस गरीसकेको बताए  ।
    सरकारले  तानाशाही शैलीमा मानवअधिकार आयोगमा समेत हस्तक्षेप गरेको बताउँदै त्यस्तो कदम   सहन गर्न नसकिने चेतावनी दिए ।  साथै देउवाले केपी शर्मा ओली नेतृत्वको  सरकारलाई ढाल्ने उद्घोष गरेका छन ।  त्यसका लागि काङ्ग्रेसले सडक र सदनबाट आन्दोलन सुरु गर्ने तयारी गरिसकेको  देउवाले  बताए ।
    दुई दिनसम्म चल्ने स्थानीय तहको भेलामा देशभरका काङ्ग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ  ।
     काङ्ग्रेस नेता प्रकाशमान सिंहले  कार्यक्रममा जनताले दिएको ‘म्यान्डेट’लाई दुईतिहाइको शक्तिशाली सरकारले सम्बोधन गर्न नसकेको भन्दै आलोचना  गरे । लोकतन्त्र र सङ्घीय संरचनालाई संस्थागत गर्न आवश्यक पर्ने कानुन पनि सरकारले निर्माण गर्न नसकेको सिंहको भनाइ थियो ।