कुलमानको चेतावनीपछि कुलेखानी तेस्रोको काम फटाफट : परीक्षण पनी सुरु

१४ मेगावाट क्षमताको कुलेखानी जलविद्युत आयोजनाको उपकरण परीक्षण सुरु भएको छ ।
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको पहिलो युनिटमा आइतबारदेखि पानी पठाएर उपकरण परीक्षण अर्थात नो लोड परीक्षण सुरु भएको छ । १४ मेगावाटमध्ये ७ मेगावाटको पहिलो युनिटको विद्युतगृहमा आइतबारदेखि पानी पठाएर उपकरण परीक्षण सुरु भएको आयोजनाले जनाएको छ । परीक्षण उत्पादन अर्को हप्तादेखि गरिने आयोजनाको दावी छ ।
यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै टर्बाइनमा झारिन्छ र त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले-नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन ।

वैशाख २९ गते आयोजना स्थलमै पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको काममा थप ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभएको थियो ।
घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका शरद गोल्छालाई फोन गरेर निर्माणमा लापरबाही गरेमा कालोसूचीमा राख्ने चेतावनी दिएपछि कामले गति लिएको थियो ।
आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानीखोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो, कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो ।

आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो भने निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशाेधित अनुमान छ ।
एकपटक हेर्नै पर्ने चलचित्र तमु ह्युला, तल नखुले यो लिंकमा जानुहोला
https://youtu.be/c6jU9iQ6bfk अथवा युटुबमा हेर्न Tamu Hyulla सर्च गर्नुहोला
https://youtu.be/c6jU9iQ6bfk अथवा युटुबमा हेर्न Tamu Hyulla सर्च गर्नुहोला
