मेयरको तेस्रो माफी : आमा र दिदीबहिनीमा पर्न गएको चोटप्रति क्षमा चाहन्छु

7 असार 2076
नारीहरुको अपमान हुनेगरी " र*डी " बोलेको भन्दै आलोचित इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी अन्तत मागेका छन्। मेयर चौधरीले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन्। विगत 1 महिनामा जारी भएको यो उनको तेस्रो माफी विज्ञप्ती हो।
आफ्नो कार्यक्षेत्रमा बढ्दो यौन धन्दालाई नरोकी समुन्नत नगर निर्माणको परिकल्पना इटहरीमा अधुरो हुने बताउँदै चौधरीले आफूले बोलेको शब्दमा माफी मागेका हुन । उनले " र.डी " जिन्दावाद अभिव्यक्ति दिएका थिए।
महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु।
पत्रकारलाई कुट्ने धम्की दिएकोमा पनि उनको आलोचना भएको थियो। त्यो समयमा पनि उनले दुई पटक माफी माग्दै विज्ञप्ति सार्वजनिक गरेका थिए।