• विप्लवको छोरा प्रकाशले चलाए गाउँमा स्वास्थ्य शिविर

    चितवन ,  असार  ९
    सरकारबाट प्रतिबन्धित  नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव )को छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका छन ।
     प्रतिबन्धित नेकपाको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चन्दको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा त्यस क्षेत्रका झण्डै २६ सय विरामीले सेवा लिएका छन ।
    अर्थोसर्जरी विषयमा चितवन मेडिकल कलेजमा एमबीबीएसको पढाइ सकेका प्रकाश अहिले प्रशिक्षार्थी चिकित्सकका रुपमा समेत काम गरिरहेका छन्
    कपिलवस्तुस्थित शिवगढी नगरपालिका ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा असार ७ र ८ गते दुई दिन स्वास्थ्य शिविर सञ्चालन  गरीएको थियो । 
    स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको प्रकाशले बताए ।

    प्रकाशले भने, पानी रुझ्दै र चर्को घाममा उभिएर विरामीहरुले सेवा लिएको दुई दिनमा  २६ सय जना स्वास्थ्य परीक्षणमा आउनु त्यति राम्रो कुरा हैन, स्वास्थ्यसम्बन्धी ठूलो समस्या छ आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौं  ।
     शिविरबाट जनतालाई थोरै भए पनि राहत महसुस गराउन खोजेको जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाशले बताए । सो गाउँमा एउटा स्वास्थ्य चौकी मात्रै रहेको छ ।
    अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमाप्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरुको टिम खटिएका थिए।