• दुवै खुट्टा गुमाएका हरि बुढामगरको कथा अस्ट्रेलिया फिल्म अवार्डमा

    अस्ट्रेलियामा आयोजना हुने ‘फोकस एबिलिटी सर्ट फिल्म अवार्ड’मा निर्देशक शान्ता नेपालीको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’  सहभागी हुने भएको छ।
     शारीरिक अशक्त भएका प्रति फिल्म मेकरको ध्यानकर्षण गराउन अस्ट्रेलियामा आयोजना हुने ‘फोकस एबिलिटी सर्ट फिल्म अवार्ड’ कार्यक्रम ११ वर्षदेखि प्रदान हुँदै आएको अवार्डमा नेपालले दोस्रोपटक भाग लिने मौका पाएको हो।  यसअघि रजनीश भण्डारीको ‘अञ्जनाको यात्रा’ले उक्त प्रतियोगितामा सहभागिताको मौका पाइसकेको छ।
    नोथिङ इज इम्पसिवल दुवै खट्टा गुमाएका रोल्पाका बेलायती भूपु सैनिक हरि बुढामगरको जीवनमा आधारित  चलचित्र हो। कथालाई ‘एबिलिटी सर्ट फिल्म अवार्ड’ कार्यक्रममा सहभागिताको अवसर दिएको हो। अवार्ड कार्यक्रममा २ सय ४५ छोटा फिल्मले सहभागिता जनाएका छन्।
    सन् २०१० अप्रिलमा एम्बुसमा परेर दुवै खुट्टा गुमाएका हरि यतिबेला सगरमाथा आरोहणको अभ्यासमा छन् । 
    सहभागी फिल्मलाई निर्णायकको छनोट र उत्कृष्ट अनलाइन भोटिङका आधारमा अवार्डेड गरिने प्रावधान रहेको नेपालन्युजलाई निर्देशक नेपाली बताइन्। उनले नेपाली फिल्म मेकर र मिगरको कथा ‘नोथिङ इज इम्पसिवल’लाई भोट गरेर जिताउनसमेत नेपालीले सबैनेपालसँग आग्रह गरिन्।
    अवार्ड कार्यक्रम सेप्टेम्बरमा हुने छ।  भोट गर्न लिङ्कमा गएर त्यहाँ उल्लेख भए बमोजिम गर्ने र जिमेलमा आएको प्राप्त लिंक खोल्नु पर्ने छ। त्यसपछि मात्र भोटिङ् गरेको मान्य हुने छ।