तुइन तान्ने ८० वर्षीय बाजेलाई भद्रगोल टिमबाट नयाँ घर हस्तान्तरण

काठमाडौँ
कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ ले ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन ।
हास्यकलाकार जिग्री र पाँडेले शुक्रबहादुर चेपाङको नङ काट्दै चाबी दिएर घर हस्तान्तरण गरेका हुन ।
हास्यकलाकार जिग्री पाँडे सहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितीमा धादिङ रोराङ गाउपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो
शुक्रबहादुर चेपाङलाई नयाँ घर निर्माणका लागि UK निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया रहने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए ।
शुक्रबहादुर विगत २० वर्ष देखि धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा तुईन तान्दै आइरहेका थिए । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन ।
हाल उनीसँग एक छोरा बस्छन् जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए उनले भने, अब त जग्गा पनि पाए, घर पनि पाए । म तुईन तान्दिन ।