• नेपालमा विदेशी च्यानलको प्रसारण भोलिसम्म बन्द

    असार ९, २०७६ काठमाडौ
      नेपाल सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने व्यवस्था अर्थात (क्लिन फिड) लागू गर्न खोजेको भन्दै केवल TV व्यवसायीहरुले  विदेशी च्यानल प्रसारण बन्द गरेका छन । त्यसैले २४ घण्टा नेपाली दर्शकले कुनै बिदेशी च्यानल टिभीमा हेर्न पाउने छैनन

    सोमबार ३ बजेदेखि भोलि दिउँसो३ बजेसम्म  विदेशी च्यानलको प्रसारण बन्द गरिएको केवल टिभी व्यवसायी महासंघ, इन्टरनेट सेवा प्रदायकहरुको संलग्नतामा गठन भएको इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले जनाएको छ ।  
    सेवा प्रदायक समन्वय समितिको विज्ञप्तिमा विदेशी च्यानल प्रसारण नहुने  उल्लेख छ।   नेपाल  सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापन सम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने र विदेशी विज्ञापनलाई डबिङ गरी नेपाली भाषामा प्रसारण गर्न नपाइने व्यवस्था गरेको छ  । 

    विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी क्लिन फिड लागू गर्न सक्ने  उल्लेख छ। क्लिन फिड लागू भए नेपालमा  विदेशी च्यानल प्रसारण गर्न नसकिने भन्दै आन्दोलन स्वरुप विदेशी च्यानल बन्द गरिएको समन्वय समितिले जनाएको छ ।