• रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण यस्तो ! प्रतिबेदन आयो

    काठमाडौं  असार ११  
    पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जना बिशिष्ट ब्यक्तित्व चढेको हेलिकोप्टर खराब  मौसमका कारण दुर्घटना भएको ठहर गरिएको छ ।   एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टरगत फागुन  १५ मा  पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा दुर्घटनामा परेको थियो ।
    सिस्नेभीरमा भएको दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
    सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गर्दै दुर्घटनाको मूख्य कारण खराब मौसम भएको बताएको हो । प्रतिवेदनअनुसा त्यसदिन पाथिभरा क्षेत्रको मौसम राम्रो थिएन  ।  छानविन आयोगले यस दुर्घटनालाई ‘एक दूर्भाग्य’ भनेको छ ।
     पाथिभरामा हेलिकोप्टर ओर्लिएपछि मौसम बिग्रियो ।  बेरमा मौम खुले जस्तो भएपछी यही मौकामा उडिहालौं, फेरी मौसम बिग्रन सक्छ भन्ने कुरा भयो, त्यसपछि पाइलटले हेलिकोप्टर उडाए तर  हेलिकोप्टर उडेको १ मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधि आयो । हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधिमा पर्दा पाइलटले कन्ट्रोलमा लिन सकेनन  हेलिकोप्टर दुर्घटनामा पर्‍यो ।
    प्रतिबेदन भन्छ  पाइलटलाई दवाव थिएन
    आयोगले यस छानविनमा प्रत्यक्षदर्शीलाई मूख्य आधार मानेको छ ।  उच्चपदस्थ अधिकारीबाट पाइलटलाई जहाज उडाउन दवाव नदिइएको आयोगको निष्कर्ष छ ।
    मौसमबाहेक यस दुर्घटनामा मानवीय दवाव भने नदेखिएको मन्त्रालय स्रोतको भनाइ छ टोलीलाई मौसमका कारण छिटो सुरक्षित स्थानमा फर्कने दवाव थियो, तर  मौसम निरन्तर बिग्रेका कारण उड्न नसके पाथिभरामै बासबस्नु पर्ने अवस्था आउने भएकाले टोली दवावमा भने थियो । 
    हेलिकोप्टरमा अन्य प्राविधिक रेकर्ड हुँदैन जसका माध्यमबाट दुर्घटनाको कारण पत्ता लगाउन मुस्किल हुन्छ ।  पूजारी तथा  पाथीभराका स्थानीयबासीको बयान र त्यसलाई प्राविधिक रुपमा विश्लेषण गरी निष्कर्षमा पुगिएको आयोगको भनाई छ ।