• डा. भट्टराईकै गृहनगर मै पुगेर गगन थापाले भने बाबुरामलाई जितायौँ अब क्षमापूजा गरिन्छ

    गोरखा : 
    गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै भुपु मन्त्री तथा  नेपाली कांग्रेसका  नेता गगन थापाले क्षमापूजा गरेर चुनावी भूलको प्रायश्चित गर्ने बताएका छन। 
     तत्कालीन नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई कांग्रेसले भोट दिएर जिताएकोले आउँदो निर्वाचनमा क्षमापूजा गरिने  थापाले बताए। 

    पालुङटार पूर्वप्रधानमन्त्री डा. भट्टराईको गृहनगर पनि हो।  थापाले भने, कांग्रेसजनको मतले बाबुरामले चुनाव जिते तर  जितेपछि कांग्रेसलाई नै तथानाम गाली गर्न थाले।  

    कांग्रेसकै भोटले चुनाव जितेका बाबुरामले चुनाव जितेपछि कांग्रेसलाई नै गाली गरेको भन्दै थापाले आक्रोश पोख्दै थापाले भने, कांग्रेसलाई संग्राहलयमा राख्नुपर्छ भन्ने पनि उहाँबाट सुनियो, अब आउने चुनावमा हिसाब किताब गरिन्छ,  क्षमापूजा पनि त्यही बेला गरिन्छ