हुम्ला जीप दुर्घटनामा बेपत्ता सबैको पुत्ला बनाएर दाहसंस्कार



हुम्ला असार ६, २०७६
जीप कर्णाली नदीमा खसेर बेपत्ता भएका सबैको पुत्ला बनाएर आज दाहसंस्कार गरिएको छ । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहील गायत बेपत्ता सबै जनाको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको हो । 
तस्बिर - दाने बाेहरा/रासस 

खार्पुनाथमा जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था थाहा हुन नसकेपछि  बेपत्ता सबैको मृत्यु भएको घोषणा गरेको थियो । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले  किरिया खर्चस्वरुप १०– १० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ 
TECHNEPAL

१० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो ।  गाउँपालिकाको कार्यसमिति बैठकले भने बेपत्ता भएकाहरुको मृत्यु भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीमराज शाहीले बताउनुभयो । 
TECHNEPAL

 हराइरहेको जीपसहित त्यसमा रहेका यात्रुको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको १० जनाको टोली खटिएको छ । खार्पुनाथ गापा अध्यक्ष कर्णबहादुर रावलका अनुसार जीपमा  उपाध्यक्ष सिन्दु हमाल शाही, खार्पुनाथ–४, छिप्राका चन्द्र हमाल, खार्पुनाथ–४, नल्लाका नैनसिंह भण्डारी, जीप चालक मणि शाही, खार्पुनाथ–५, याङ्चुका बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, खापुर्नाथ–१ का कौँरा दमाई र उनका दुई वर्षीय छोरा रहेका थिए ।
advertise