• इटहरीका मेयरले नाकको हड्डी भाँच्ने धम्की फिर्ता लिए

     काठमाडौं  २६ जेठ
    स्याबासी तथा आलोचना दुबै भएपछी  इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति सच्याएका छन  ।
    मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।
    TECHNEPAL   
    उनले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट पुर्‍याउने आफ्नो मनशाय नभएको समेत बताएका छन् ।
    मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताएका छन् ।
    हेर्नुहोस् विज्ञप्ति यस्तो छ 
    एकपटक हेर्नै पर्ने चलचित्र तमु ह्युला , तल नखुले यो लिंकमा जानुहोला
    https://youtu.be/c6jU9iQ6bfk    अथवा युटुबमा हेर्न  Tamu Hyulla सर्च गर्नुहोला