• क्लीन फिड के हो ? सबैले जान्ने पर्ने कुरा यस्तो छ



     नेपालका सबैजसो TV च्यानल टेलिभिजन  सेवा प्रदायकले‘ Free To air ’ अर्थात् सित्तैमा पाउँछन , अर्था नेपालका  टेलिभिजनको कन्टेन्टका लागि नेपाली च्यानललाई एक पैसा पनि तिर्नु पर्दैन । तर,  TV च्यानल बितरण गरेबापत  मासिक 300-700 रुपैयाँसम्म प्रति ग्राहक शुल्क लिइन्छ ।
    जसबाट महिनामा करोडौं रुपैयाँ व्यवसायीले ग्राहकबाट उठाउँछन जुन रकम  टेलिभिजन वितरकले विदेशी च्यानलका लागि मात्रै खर्च गर्ने गरेका छन् । 
    उनीहरुले वर्षमा झण्डै एक अर्ब रुपैयाँ विदेशी च्यानलका लागि विदेश पठाउने सरकारी अनुमान छ । 

    ग्राहकले विदेशी कन्टेन्टका लागि मासिक पैसा तिरेका हुन, विज्ञापनका लागि होइन  टेलिभिजन वितरकहरु ग्राहकसँग पैसा पनि लिने र विज्ञापन पनि देखाउने गर्छन्   । यदि त्यसमा विज्ञापन राख्ने हो भने नेपालकै राख्नुपर्ने अवधारणा हो, क्लिन फिड 


     क्लिन फिडको लाई नेपालमा लागू गर्न ढिलाई गर्न नहुने पक्षमा अधिकारवादी पनि छन् ।  केही दर्जन भारतीय च्यानल बाहेक अहिले पनि केही बिदेशी च्यानलमा क्लिन फिड लागू छ । 
    बिज्ञहरु यहाँको बजार आवश्यक नपर्ने र पैसा तिर्न आनाककानी गर्नेहरुलाई नेपालमा कन्टेन्ट बेचेर अर्थतन्त्रमा आउन सक्ने वाषिर्क करोडौं रुपैयाँ हानी पुर्‍याउने अवस्थाको अन्त्य अपरिहार्य भएको   बताउछन ।
    क्लिन फिड हाम्रो संस्कृति र सभ्यतासँग पनि जोडिएको विषय हो, ’ पाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल भन्छन्, ‘हामी कहिलेसम्म भारतीय TV को विज्ञापन र उसकै सामाग्री हेरेर बस्ने ? 
    विज्ञापन संघका अध्यक्ष रिजाल क्लिन फिड लागू हुँदा २ अर्बको विज्ञापन बजार विस्तार हुने बताउँछन ।  यसबाट झण्डै एक अर्ब ७० करोडको लाभ मिडियाहरुले नै पाउँछन विज्ञापन एजेन्सीले १५ प्रतिशत लाभ पाउने हो  । 
     त्यसकारण टेलिभिजन वितरकहरुलाई क्लिनफिड सहित सञ्चारमाध्यमझै विज्ञापन कारोबारमा पनि रोक लगाउनुपर्ने माग पनि उठेको हो ।  यो राष्ट्रियताको  महत्वपुर्ण सवाल पनि भएको यो आम नेपालीको साझा सवाल हो ।

    टिभी ब्यासायीहरुले गैरकानुनी तरिकाले बिदेशी टिभी च्यानलमा स्कोरल बिज्ञापन गरेर मोटो रकम काउने गर्छन । जुन कर र अधिर भन्दा बाहिर पर्ने जानकारहरु बताउछन  ।