• मेयरले टेबलमा चढेर सलामी दिनुको कारण यस्तो

    असार ९, २०७६
    महालक्ष्मी नगरपालिकाका धनकुटाको मेयर पर्शुराम नेपालले खेल उद्घाटनको क्रममा सलामी लिएको विषयमा सामाजिक सञ्जालमा निकै टिप्पणी भएको छ  ।

    प्रमुख अतिथि  मेयर नेपालले प्रतियोगिता सञ्चालक तथा खेलकुद समितिको अनुरोधमा प्लाष्टिकको टेबलमाथि चढेर खेलाडीहरुलाई सम्मानस्वरुप सलामी लिनु भएको थियो ।

    मेयर पर्शुराम नेपालले सलामी लिएको भन्दै आलोचना र खिसिट्युरी भएपछि नगरपालिकाले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्पष्टीकरण दिएका हुन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलको उद्घाटनको अवसरमा असार ४ गते खेल र खेलाडीको सम्मानमा सलामी लिएको/ दिइएको नगरपालिकाले जनाएको छ ।

    मेयर नेपालले  भने  सकारात्मक र नकारात्मक सुझावलाई मैले पाठको रुपमा लिएको छु । गल्ती भएछ भन्ने अवश्य लागेको छ ।  यसबाट नागरिकलाई सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापि नबुझ्न आग्रह गर्नुभएको छ ।
     नगरपालिकाले निकालेकाे विज्ञप्ति हेर्नुहाेस् :

    यो पनी पढ्नुस