• कतारमा अर्गानिक ‘मेड इन नेपाल’ तरकारी

    अब किसानले आफ्नो उत्पादनको  मूल्य नपाएका कारण बारीमा डोजर लगाउनुपर्ने, कहिले गाई, भैंसीलाई खुवाउनुपर्ने त कहिले सडकमा पोखेर विरोध जनाउनुपर्ने  दिन गएका छन । नेपालबाट पहिलोपटक तरकारी विदेश निर्यात हुन थालेको छ। ‘अलसमन इन्टरनेसनल नेपाल’ कम्पनीले नेपालमा उत्पादन भएका तरकारी कतार निर्यात गर्दै आएको छ।
    कम्पनीले 1 जनवरी 2019 अर्थात् पुस 17  देखि कतारमा तरकारी निर्यात गर्दै आएको कम्पनीका प्रोजेक्ट म्यानेजर कल्याण घिमिरेले बताए।  कम्पनीले साताको दुईचोटि आइतबार र बुधबार अर्डरबमोजिम तरकारी कतार पठाउँदै आएको छ। कम्पनीले  गुन्द्रुक, ऐलोभेरा, तितेकरेला, भिन्डी, गाँजर, लौका, फर्सी, काउली, बन्दा, गोलभेडा लगायत अन्य तरकारी कम्पनीले निर्यात गर्दै आएको छ। 

     दक्षिण एसियाली मुलुकका नागरिक यसका प्रमुख ग्राहक हुन्। तरकारी कतारका ‘व्यापारिक मल’ मा बेचिँदै आएको छ।  एकचोटिमा ३-४ लाख रूपैयाँ बराबरको १५ सय केजी तरकारी निर्यात हुँदै आएको छ