• पार्टी एकता गर्दाको सहमतिबाट पछी हटे दुर्भाग्य हुने प्रचण्डको चेतावनी

    १० असार,चितवन 

    गृहनगर   चितवनमा आयोजीत  कार्यकमा बोल्दै  सत्तारुद दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दाका सहमतिबाट पछाडि फर्किए दुर्भाग्य हुने चेतावनी दिएका छन । 

    चितवनमा भएको नेकपाको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले पार्टी एकताका क्रममा भएका सहमतिहरुबाट कोही पनि पछाडि फर्कन नसक्ने जनाए ।

     प्रचण्डले पार्टी एकताको सहमतिबाट फर्किन खोज्नेका विरूद्धमा कार्यकर्ताहरुले खबरदारी समेत गर्नुपर्ने बताए । 

    अध्यक्ष प्रचण्डबाट व्यक्त भएको यो अभिव्यक्ति पछिल्लो समय जनताको बहुदलीय जनवाद जबजबारेको बहस सतहमा अाइरहेको समयमा महत्वपूर्ण रूपमा हेरिएको छ ।

    प्रचण्डले पार्टी एकता गर्दा तयार गरिएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन नमिल्ने बताए ।