• धान दिवस : डाक्टर बाबुराम भट्टराई गोरखामा हलो जोत्दै

    असार १५, २०७६ गोरखा
    पालुङटार नगरपालिका वडा नम्बर १, खोप्लाङको जोर्तीचौतारामा असार १५ को अबसरमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले गोरु जोतेका छन । 
    उक्त ठाउ  बाबुराम भट्टराईले बाल्यकालमा गाई बाख्रा चराउने फाँट  पनी हो  १६औ राष्ट्रिय धान दिवसका अवसरमा गोरखाको पालुंगटार नगरपालिका–१ मा सफल मल्टीपर्पोज कृषि फर्मले आयोजना गरेको रोपाइ कार्यक्रममा भट्टराईले गोरु जोतेका हुन् ।

     बाबुरामले  ट्वीटरमा धान रोपेको र गोरु जोतेको फोटा हाल्दै लेखेका छन्, ‘पुख्र्योली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं, कृषिमा आत्मनिर्भर बनौं ।’

    आक्कलझुक्कल रोपाइँमा खेताला बनेका भट्टराई बढ्दो उमेरमा भने आफूले खाइखेली गरेको पुख्र्यौली खलोमा खेताला बनेर पुग्नुभयाे । खेताला पनि बाउसे मात्रै होइन, हलो जोतेर माटो हिल्याउनुभयाे, अनि केहीबेर बाउसे पनि गर्नुभयाे ।
     धान दिवस बिशेष भिडियो  तनहु : 
    https://youtu.be/Xyz1jVHDNIo