• क्लिन फिड लागू भए व्यवसाय बन्द गर्छौ : केबल ब्याबसायी

    असार १०, २०७६ मंगलबार 
    काठमाण्डौ
    बर्तमान सरकारले क्लिन फिड लागू गर्न लागेको भन्दै  उक्त विधेयक कार्यान्वयनमा ल्याए नेपालमा केबल व्यवसाय नै धराशयी हुने सरोकार वालाहरूले  बताएका  छन ।
     राजधानीमा   मंगलबार आयोजित साक्षात्कारमा बोल्दै इन्टरनेट तथा डिजिटल TV  समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरूले वहन गरिरहेको अवस्थामा  सरकारले हचुवाको भरमा गृहकार्य  नगरी ' क्लिन फिड ' नीति ल्याएको  र  यो विधेयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी  बन्ने    नेपालका मिडिया पनि बन्द हुने अवस्था आउनसक्ने उनले खतरा औंल्याए 

    उनले विदेशी विज्ञापनको ठाउँमा बरु  नेपाली विज्ञापन बजाउने हो भने आफूहरूलाई कुनै आपत्ति नहुने बताए। 

    आफूहरु क्लिन फिडको विरोधी नभएकोब ताउदै  डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले क्लिन फिड लागू भए आफूहरूले नेपाली च्यानलमात्रै देखाएर  केवल सञ्चालन गर्न नसक्ने  यो विधेयक कार्यान्वयन भए व्यवसाय बन्द गरी  साँचो लगेर सरकारलाई  बुझाउने बताए ।  उनले  सरकार सामु  समाधानको लागि संवाद गर्नुपर्ने  बताए
     नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यवहारिक रहेको बताए। यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अर्बौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ पराजुलीले  भने

     कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागू गर्ने बारे सरकारको  विरोध नगरेको तर गृहकार्य नपुगी  सरकारले हतार गरेको  जिकिर गरे ।  उनले थपे ‘क्लिन फिड लागू नै गर्नु हुँदैन भनेर हामीले भनेका होइनौं । तर  छलफल गरौं । 

    TV बन्द गर्ने व्यवसायीविरुद्ध CIB मा उजुरी
    क्लिन फिड लागू भए व्यवसाय बन्द गर्छौ : केबल  ब्याबसायी
    क्लीन फिड के हो ? सबैले जान्ने पर्ने कुरा यस्तो छ