• धादिङ जीप दुर्घटना: ज्यान गुमाउनेकाे संख्या ५ पुग्याे, घाइतेकाे परिचय खुल्न बाँकी

     ६ असार २०७६ 
     गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँ धादिङ मा यात्रु बाेकेकाे जीप दुर्घटना हाल सम्म ५ जनको मृत्यु भएको छ  ।
    दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका-४ की २१ वर्षीया सबिता अधिकारीकाे उपचारका लागि काठमाण्डाै लैजाँदै गर्दा बाटाेमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङकाे घटनास्थल मै ज्यान गएकाे थियाे ।
    प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकबाट पल्टिएर दुर्घटना भएकाे थियाे।
    घाइते भएकाहरुकाे नामावली:
    १.धादिङ, गल्छी गाउँपालिका-४ की ३५ वर्षीया सुनिता मिजार
    २. धादिङ, गल्छी गाउँपालिका-४ का ६२ वर्षीय बिष्णु अधिकारी 
    ३. धादिङ, गल्छी गाउँपालिका-४ की २३ वर्षीया सुजिता अधिकारी
    ४. धादिङ, गल्छी गाउँपालिका-४ का १५ वर्षीय सन्तोष रम्तेल
    ५. धादिङ, गल्छी गाउँपालिका-४ का ७० वर्षीय कृष्ण सार्की
    ६. धादिङ, गल्छी गाउँपालिका-४ की २८ वर्षीया रेनु भण्डारी
    ७. धादिङ, गल्छी गाउँपालिका-४ का ३५ वर्षीय राम कृष्ण प्याकुरेल
    ८. धादिङ, गल्छी गाउँपालिका-४ की २६ वर्षीया शुष्मा लामा
    ९.  नाम, ठेगाना नखुलेका २ पुरुष 



    यो फिल्म हेर्न नभुल्नुहोला 

    https://youtu.be/1YysyBc7-Eg