• बाबुरामको गगनलाई जवाफ : बीपीको रक्षा गर, क्षमापूजा पछि गरौंला

     समाजवादी पार्टी नेपालका अध्यक्ष तथा  पूर्व प्रम डा.   बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई बीपीको रक्षा गर्न  सुझाव  दिएका छन   । 

    कमल थापा नेतृत्वको राप्रपा बीपीको मेलमिलाप नीतिलाई कार्यनीति र आदर्श बनाएर बीपीको अपहरण भएको उल्लेख गर्दै भट्टराईले अपहरित बीपीको रक्षा गर्न कांग्रेसलाई आबहान गरेका छन  । 
    फाइल तस्बिर।
    गत शनिबार भट्टराईको गृहनगर पालुङटारमा गगन थापाले कांग्रेसकै भोटबाट गोरखा २ मा चुनाव जितेका बाबुरामले कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र बाबुरामलाई जिताउनु चुनावी भूल भएकोले आउने चुनाबमा क्षमापूजा गर्ने बताएका थिए। 

     दुई दिनपछि ट्वीटरमार्फत् थापालाई जवाफ दिएका भट्टराईले लेखेका छन्,  बीपीको आत्माले के भन्दै होला? कांग्रेसी मित्रहरू हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौंला। हामी साथ दिन तयार छौं ।
    https://youtu.be/o2x92YibbR