• यसकारण सरकारी क्याम्पसमै पढ्न चाहान्छन करिश्मा

    काठमाडौं  असार १३
    सदाबहार नायिका करिश्मा मानन्धर SEE मा बी प्लस ल्याएर उत्तिर्ण भएका छन ।  आज आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा खुशी साट्न पुगेका छन  ।  

    करिश्माले मेहनत गरे असम्भव भन्ने कुरा केही पनि नभएका को बताइन् ।  नायिका करिश्माले आफू घर नजिकैको सरकारी कलेजमा पढ्ने  बताएका छन।  हाम्रो समाजमा  सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकता भएको भन्दै यसलाई चिर्न आफूले सरकारी कलेज रोजेको उनले बताइन ।

      उनले  व्यवस्थापन संकाय पढ्ने सोच बनाएको र आफ्नो लागि यही नै ठिक भएको बताएका छन ।